स्नानको क्रममा तीर्थयात्री बगेर बेपत्ता

त्रिशूली । नुवाकोटको दुप्चेश्वर गाँउपालिका–६ मा अवस्थित प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरको दर्शन गर्नुपूर्व स्नानको क्रममा आज खोलाले बगाउँदा एक जना तीर्थयात्री बेपत्ता भएका छन् ।
मन्दिर परिसरमा रहेको सूर्यमति (तादी) खोलामा स्नानको क्रममा सूर्यगढी गाँउपालिका–३ स्थायी ठेगाना भएर हाल काठमाडौँ बस्ने हिमकुमारी अधिकारीलाई आज खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।
उनका अनुसार परिवारको साथमा मन्दिर दर्शनको लागि आएका ७२ वर्षीय अधिकारीलाई स्नानको क्रममा खोलाले बगाएपछि खोजी कार्य भइरहेको छ । खोलाले बगाए लगत्तै थालिएको उद्धार र खोजतलास जारी रहेको छ । उनको अवस्था अपराह्नसम्म पत्ता लाग्न नसकेको सूर्यगढी गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेले जानकारी दिए ।
हराइरहेको वृद्धालाई खोजतलासमा सहयोग पुर्याउन गाउँपालिकाले आह्वान गर्दै उनलाई फेला पार्ने व्यक्तिलाई प्रसंशा स्वरुप रु ५० हजार नगद दिने घोषणा गरेको छ । बाढीका कारण खोलाको बहाव ठूलो भएको र पानी धमिलो भएकाले खोजतलासमा समस्या भएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालीमाटीमा आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य कति छ ?
-
आज दुई संसदीय समितिको बैठक बस्दै
-
ईयूसँगको ट्यारिफसम्बन्धी वार्ताका लागि समय सीमा बढाउन ट्रम्प सहमत
-
‘हिमाली जिल्लाका लुलु गाई संरक्षणतर्फ ध्यान पुगेको छैन’
-
एसईईमा समावेश हुनका लागि रजिस्ट्रेसन फाराम भर्ने म्याद पुनः थप
-
भवन जीर्ण हुँदा बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई समस्या