दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
सोमबार, ३१ भदौ २०८१, २१ : ३८
पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको रामग्राममा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको रामग्राम नगरपालिका– ४ स्थित हुलाकी सडक पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ८ ख ७५४९ नम्बरको ट्रकले विपरीत दिशातर्फ बाट आउँदै गरेको लु. प्र.०१.००२ प २०५४ मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक रामग्राम नगरपालिका–९ बस्ने ३७ वर्षीय प्रेम ढांडीको मृत्यु भएको हो । घाइते ढांडीको जिल्ला पृथ्वीचन्द्र अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण