नेपाल–माल्टा सम्बन्धको ४१ औँ वार्षिकोत्सव मनाइयो

काठमाडौँ । नेपाल–गणतन्त्र माल्टाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४१औँ वार्षिकोत्सव तथा माल्टाको ६० औँ स्वतन्त्रता दिवस एक समारोहको आयोजना गरी मनाइएको छ ।
आज यहाँ आयोजित समारोहमा गणतन्त्र माल्टाका गैरआवासीय राजदूत रुबेन गौसीले स्वागत गर्दै नेपाल–माल्टाबीचको द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुँदै गएको उल्लेख गरे । साथै उनले पछिल्लो समय माल्टामा नेपालीहरूको सङ्ख्या बढ्दै गएको र नेपाली नागरिकको कामको प्रशंसा समेत गरे ।
समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, सङ्घीय सांसद, गणतन्त्र माल्टाका गैरआवासीय राजदूत गौसी, माल्टाका अवैतानिक वाणिज्यदूत दिनेश श्रेष्ठ, विभिन्न मुलुकका अवैतानिक वाणिज्यदूत, उद्योगी, व्यावसायीलगायतको उपस्थिति थियो ।
सो अवसरमा नेपाल–माल्टा सम्बन्धको वृतचित्र प्रदर्शन गरिनुका साथै नेवारी संस्कृतिका कुमारी र भैरव नृत्यको देखाइएको गरिएको थियो । सन् १९८३ मा दौत्य सम्बन्ध स्थापना भएयता दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध रहिआएको छ । युरोपको टापु राष्ट्र माल्टामा हाल करिब १० हजार नेपाली विभिन्न क्षेत्रमा काम गरिरहेको तथ्याङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की
-
जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
पच्चीस चलचित्र निर्मातालाई सम्मान गरिने
-
वर्षायाममा पनि काठमाडौँमा मेलम्चीको पानी वितरण हुने
-
समाजवाद प्राप्त गर्न अझै वर्ग सङ्घर्ष आवश्यक : पूर्वउपराष्ट्रपति पुन