नेपाल–माल्टा सम्बन्धको ४१ औँ वार्षिकोत्सव मनाइयो
काठमाडौँ । नेपाल–गणतन्त्र माल्टाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४१औँ वार्षिकोत्सव तथा माल्टाको ६० औँ स्वतन्त्रता दिवस एक समारोहको आयोजना गरी मनाइएको छ ।
आज यहाँ आयोजित समारोहमा गणतन्त्र माल्टाका गैरआवासीय राजदूत रुबेन गौसीले स्वागत गर्दै नेपाल–माल्टाबीचको द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुँदै गएको उल्लेख गरे । साथै उनले पछिल्लो समय माल्टामा नेपालीहरूको सङ्ख्या बढ्दै गएको र नेपाली नागरिकको कामको प्रशंसा समेत गरे ।
समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, सङ्घीय सांसद, गणतन्त्र माल्टाका गैरआवासीय राजदूत गौसी, माल्टाका अवैतानिक वाणिज्यदूत दिनेश श्रेष्ठ, विभिन्न मुलुकका अवैतानिक वाणिज्यदूत, उद्योगी, व्यावसायीलगायतको उपस्थिति थियो ।
सो अवसरमा नेपाल–माल्टा सम्बन्धको वृतचित्र प्रदर्शन गरिनुका साथै नेवारी संस्कृतिका कुमारी र भैरव नृत्यको देखाइएको गरिएको थियो । सन् १९८३ मा दौत्य सम्बन्ध स्थापना भएयता दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध रहिआएको छ । युरोपको टापु राष्ट्र माल्टामा हाल करिब १० हजार नेपाली विभिन्न क्षेत्रमा काम गरिरहेको तथ्याङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण