बसन्तपुरबाट पक्राउ परेका बालेनका समर्थकलाई रिहा गरिँदै
मङ्गलबार, ०१ असोज २०८१, १८ : ०६
काठमाडौँ । बसन्तपुरबाट पक्राउ परेका बालेन शाहका समर्थकलाई रिहा गरिँदै छ । इन्द्रजात्रामा काठमाडौँका मेयर बालेन शाहको समर्थनमा ‘बालेन सिटी’ लेखेको टिसर्ट लगाएका उनीहरूसँग स्थानीयले विवाद गरेका हुन् ।
विवाद सुरु भएपछि उनीहरूलाई आक्रमण हुनबाट जोगाउन प्रहरीले नियन्त्रणमा लिएर प्रहरी वृत्त जनसेवामा राखेको उपत्यका प्रहरी कार्यालयका एआईजी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् । उनले भनिन्, ‘उनीहरूलाई रिहा गर्नेबारे काठमाडौँका एसएसपीले प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर निर्णय लिन्छन् ।’
इन्द्रजात्रा समारोह स्थलबाट नियन्त्रणमा लिइएका १४ जनालाई प्रहरीले ‘जिम्मा जामानी’मा रिहा गर्ने भएको छ । एआईजी बज्राचार्य भन्छिन्, ‘प्रक्रिया पुरा गरेर रिहा गर्छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण