आमरण अनसन बसेका सिलवालको जीवन रक्षा गर्न पत्राचार
बुधबार, ०२ असोज २०८१, १७ : ३१
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले ग्रामीण भेगका नागरिकहरूको स्वास्थ्य उपचारका लागि आपत्कालीन हेली उद्धार माग गर्दै आमरण अनसनमा बसेका दीपक सिलवालको जीवन रक्षा गर्न माग गरेको छ ।
तेह्रथुमको फेदाप–५ का ४२ वर्षीय दीपक सिलवाल गत भदौ २१ गतेदेखि काठमाडौँको शान्ति बाटिकामा आमरण अनसन बसेका थिए ।
सिलवालको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि आयोगले बुधवार अनुगमन गरेको हो । ‘अनुगमनको क्रममा निज सिलवालको स्वास्थ्य स्थिति कमजोर बन्दै गएको पाइएकोले निजको स्वास्थ्योपचार सहित जीवन रक्षाको लागि आयोगले आजै गृह मन्त्रालयका साथै जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र प्रहरी परिसर भद्रकाली काठमाडौँलाई समेत तपसिल बमोजिम पत्राचार गरेको छ’, आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण