यी दश जिल्लामा डेंगुको जोखिम अत्यधिक
काठमाडौँ । नेपालका दश जिल्लामा डेंगुको जोखिम अत्यधिक देखिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार सबै भन्दा बढी तनहुँ जिल्लामा १४ सय ३५ जनामा डेंगु संक्रमण भेटिएको छ ।
यस्तै, कास्कीमा १३ सय १८ जनामा, पर्वतमा ८ सय ८० जनामा डेंगु संक्रमण देखिएको ईडीसीडीले जनाएको छ । यस्तै, काठमाडौँका ८ सय ७१ जनालाई डेंगु देखिएको छ भने, चितवनका ६ सय २८ जनालाई डेंगु देखिएको छ । यस्तै, गोरखाका ३ सय २७ जना, ललितपुरका २१६ जनामा डेंगु पुष्टि भएको छ । यस्तै, झापाका १ सय ८९ जना, कैलालीका १ सय ८० र स्याङ्जामा १ सय ६८ जनालाई डेंगु संक्रमण भएको ईडीसीडीको तथ्यांक छ ।
देशभर ७७ जिल्लामध्ये हुम्लाबाहेक ७६ जिल्लामा डेंगु फैलिएको हो । देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि भएका मध्ये ६ जनाको मृत्यु भएको छ । यो तथ्यांक माघ दोस्रो सातायताको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण