टस हारेर नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगितामा बुधबार नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र ओमानबिचको खेल नेपाली समयअनुसार, राति २०ः४५ बजे सुरु हुनेछ ।
खेलमा ओमानले टस जितेरले पहिले बलिङ गर्ने निर्णय गरेको छ । नेपालले पहिले ब्याटिङ गर्नेछ ।
नेपालका लागि ओमान परिचित प्रतिद्वन्द्वी हो । तर, एकदिवसीय खेलको तथ्याङ्कमा नेपालभन्दा ओमान केही बलियो देखिन्छ ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र ओमानबिच हालसम्म कुल सात खेल खेलिएको छ । त्यसमध्ये चार खेलमा ओमानले नेपाललाई हराएको छ । बाँकी तीन खेलमा नेपालले ओमानलाई हराएको छ ।
पछिल्लो पटक सन् २०२३ को अप्रिल २१ तारिखमा नेपाल र ओमानबिच एसिया कप क्वालिफायरका क्रममा एकदिवसीय खेल खेलिएको थियो । त्यो खेलमा नेपालले ओमानलाई ८४ रनले हराएको थियो ।
क्यानडा भ्रमणका क्रममा नेपालले खेल्न लागेको यो दोस्रो खेल हो । यसअघि सोमबार राति खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली आयोजक राष्ट्र क्यानडासँग एक सय तीन रनको ठुलो अन्तरले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
-
विदेशमा पीआर लिएर बसेका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाही सिफारिस
-
सगरमाथा आरोहण गर्ने निलमको गुनासो, ‘ट्रान्स भएकै कारण स्पोन्सरले सिधै अस्वीकार गरे’
-
लैङ्गिक हिंसाविरुद्ध एकीकृत कानुन बन्दै, मानव बेचबिखन नियन्त्रण ऐन संशोधन हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण