बिहीबारसम्म सम्मेलनको समय तालिका सार्वजनिक हुन्छ : अखिल क्रान्तिकारी
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले प्राविधिक कारणले सम्मेलन केही दिन पछि उद्घाटन गर्ने तयारीमा रहेको बताएको छ ।
सो सङ्गठनको २३ औँ राष्ट्रिय सम्मेलन असोज २ गतेदेखि ५ गतेसम्म काठमाडौँमा हुने घोषणा गरिएको थियो । तर प्राविधिक कारणले सम्मेलन केही दिन पछि सरेको सो सङ्गठनका प्रवक्ता जीपी मैनालीले जानकारी दिएका छन् ।
बुधवार एक विज्ञप्ति जारी गर्दै प्रवक्ता मैनालीले सम्मेलन पूर्वनिर्धारित स्थानमै छिटोभन्दा छिटो सम्पन्न गर्न सिङ्गो टिम प्रतिबद्ध रहेको जानकारी दिएका छन् ।
विज्ञप्तिमा उनले भनेका छन्- ‘प्राविधिक कारणले सम्मेलन केही दिन पछि उद्घाटन गर्ने तयारीमा छौँ । त्यसैले सम्मेलन पूर्वनिर्धारित स्थानमै छिटोभन्दा छिटो सम्पन्न गर्न सिङ्गो सङ्गठन प्रतिबद्ध रहेको जानकारी गराउँछौ । केन्द्रीय कार्यालयको बैठक जारी रहेकोले भोलिसम्म मितिसहित सम्मेलनको समय तालिका सार्वजनिक गरिने जानकारी गराउँछौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण