संविधानले सहकार्य, समन्वय र सहअस्तित्वलाई आत्मसाथ गरेको छ : मुख्यमन्त्री कँडेल
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले मुलुकलाई सामाजिक न्याय सहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने अहिलेको प्रमुख कार्यभार रहेको बताएका छन् ।
बिहीबार संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै कँडेलले उक्त कार्यभार पुरा गर्न कर्णाली सरकार क्रियाशील रहेको बताएका छन् ।
‘संविधान कानुनी सिद्धान्तमा आधारित राजनीतिक सहमतिको दस्ताबेज हो,’उनले भने, ‘यसमा लिपिबद्ध नागरिक अधिकारलाई कार्यान्वयन गर्दै नागरिकका आवश्यकताको सम्बोधनका लागि यतिबेला हाम्रो अधिकतम तदारुकता जरुरी छ।’
संविधान निर्माणसँगै जनताको राजनीतिक अधिकार प्राप्तिका लागि गरिने सङ्घर्षको चरण सम्पन्न भएपछि अव मुलुकलाई सामाजिक न्याय सहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने उनको भनाइ छ ।
कँडेलले प्रदेश संरचना नै सङ्घीयताको खास पहिचान भएको बताए । मुलुकमा राजनीतिक स्थायित्व कायम गरी समृद्धि हासिल गर्न तीन तहका सरकारबिच समन्वय जरुरी रहेको पनि उनको भनाइ छ । ‘हाम्रो संविधानले सहकार्य, समन्वय र सहअस्तित्वलाई आत्मसाथ गरेको छ,’उनले भने, ‘संविधानको यो मूल मर्म अनुसार यो दिवसले संविधान प्रदत्त नागरिक अधिकारप्रति कर्तव्यनिष्ठ र थप जिम्मेवार बन्न तीनै तहका सरकारलाई अझ प्रेरणा मिल्ने नै छ भन्नेमा म पूर्ण विश्वस्त छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण