परराष्ट्रमन्त्री र क्यानडा–नेपाल संसदीय समूहका पदाधिकारीबिच छलफल
काठमाडौँ । क्यानडा भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र क्यानडा–नेपाल संसदीय मैत्री समूहका पदाधिकारीबीच भेटवार्ता भएको छ ।
समूहका अध्यक्ष तथा सांसद डा सोनिया सिद्धुले परराष्ट्रमन्त्री डा देउवालाई स्वागत गर्दै दुई देशका संसद् सदस्यहरूबीच अनुभव आदानप्रदान हुनुपर्नेमा जोड दिइन् ।
ओटावास्थित नेपाली राजदूतावासका अनुसार क्यानडा–नेपाल संसदीय मैत्री समूह एकअर्काको लोकतान्त्रिक प्रक्रियाबाट अनुभव आदानप्रदान र सिक्ने एउटा महत्वपूर्ण मञ्चका रूपमा स्थापित भएको बताउँदै परराष्ट्रमन्त्री देउवाले दुई देशबीचको सम्बन्ध प्रवद्र्धनमा समूहले महत्वपूर्ण भूमिका निर्वाह गरेकामा त्यसप्रति आभार व्यक्त गरिन् ।
साथै उनले नेपालको सङ्घीय संसद्मा नेपाल–क्यानडा संसदीय मैत्री समूह गठनका बारेमा जानकारी दिँदै यस्ता समूहबाट दुई देशका संसद्बीच सहयोग आदानप्रदान र सहकार्यलाई प्रवद्र्धन गर्न बल पुग्ने विश्वास व्यक्त गरिन् ।
अध्यक्ष सिद्धुले क्यानडा र नेपालका सांसदहरुबीचको सहकार्यले दुवै मुलुकका सांसदबीचको मैत्रीपूर्ण सम्बन्धलाई प्रगाढ बनाएको बताइन् । उनले लैङ्गिक समानता र महिला तथा बालिकाको सशक्तीकरणमा संसद् र स्थानीय सरकारमा नेपाली महिलाको बढी प्रतिनिधित्वका साथै सार्वजनिक जीवनमा उनीहरूले गरेको योगदानको प्रशंसा गरिन् ।
त्यस अवसरमा क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्याल र दूतावासका अन्य अधिकारीहरू उपस्थित थिए। बुधबार नै परराष्ट्रमन्त्रीले राजदूतावासको भ्रमण गरेर नियोगका गतिविधिबारे जानकारी लिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण