पदाधिकारी बैठक
माओवादी निष्कर्ष : देशभर अराजकता बढ्यो
बिहीबार, ०३ असोज २०८१, १५ : ०७
काठमाडौँ । नेकपा माओवादी केन्द्रले देशभर अराजकता बढेको निष्कर्ष निकालेको छ । साथै सो पार्टीले भू–राजनीतिक अवस्था थप जटिल र पेचिलो बन्दै गइरहेको निष्कर्ष निकालेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा झन्झन् जटिल पेचिलो बन्दै गएको बताएका हुन् ।
‘राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा झन्झन् जटिल पेचिलो बन्दैछ । भूराजनीतिक स्थितिले पनि पेचिलोपन ल्याउँदैछ। अन्तर्राष्ट्रिय रूपमा हेर्दा त विस्फोटक स्थिति बनेको छ’, सापकोटाले भने, ‘यो परिस्थितिमा पार्टीलाई एकताबद्ध गर्नुपर्छ। जनवर्गीय सङ्गठनहरूलाई एकताबद्ध बनाएर जानुपर्छ भन्ने निष्कर्ष छ ।’ उनले देशैभरि अराजकता, विकृति र विसङ्गति बढेको निष्कर्ष बैठकले निकालेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण