लेबनान : सञ्चार उपकरण विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो, ६०८ जना घाइते
बिहीबार, ०३ असोज २०८१, २० : ४५
बेरुट । लेबनानका स्वास्थ्यमन्त्री फिरास अबेदले बुधबार देशमा सञ्चार उपकरणमा भएका विस्फोटमा मृत्यु हुनेको सङ्ख्या २५ पुगेको बताएका छन् ।
बिहीबार पत्रकार सम्मेलनमा सम्बोधन गर्दै लेबनानका स्वास्थ्य मन्त्री अबेदले बुधबार भएको विस्फोटमा घाइते भएका व्यक्तिको सङ्ख्याबारे पनि जानकारी दिए।उनले विस्फोटमा घाइते हुनेको सङ्ख्या कम्तीमा ६०८ पुगेको बताए । पहिले यो सङ्ख्या ४५० थियो।
मंगलबार र बुधबार दुवै दिन भएका विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ, जसमध्ये मंगलबार पेजरमार्फत भएका विस्फोटमा १२ जनाको मृत्यु भएको थियो ।
लेबनानका स्वास्थ्य मन्त्री फिरास अबेदले लेबनानले यस विषयमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक बोलाएको जानकारी दिए। लेबनानले यस मुद्दामा अर्थपूर्ण वार्ता हुने आशा राखेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण