खैरो हेरोइनसहित २ महिला पक्राउ
शुक्रबार, ०४ असोज २०८१, २२ : ४१
काठमाडौँ । कैलालीमा खैरो हेरोइनसहित २ जना महिला पक्राउ परेका छन् । शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समूहबाट खटिएको टोली र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको संयुक्त टोली खैरो हेरोइनसहित २ महिलालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका ८ बस्ने २७ वर्षीय राममति राना र सोही ठाउँ बस्ने २२ वर्षीय करिना राना रहेका छन् । उनीहरुको साथबाट १ ग्राम ७० मिलिग्राम खैरो हेरोइन समेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनको पहिलो सोमबार कुन राशिका लागि शुभ हेर्नुहोस् राशिफल
-
फुटबलमा स्पेनको ऐतिहासिक कीर्तिमान: पुरुष र महिला दुवै टोलीको हातमा विश्वकप उपाधि
-
मेस्सीका लागि सुखद बन्न सकेन विश्वकप फाइनल, बक्सभित्र पाएनन् एक पटक पनि टच
-
यी हुन् गोल्डेन बल, बुट र ग्लोभ्स जित्ने खेलाडी, कुबार्सी उत्कृष्ट युवा खेलाडी
-
१९ वर्षकै उमेरमा यमालले रचे इतिहास
-
एम्बाप्पेलाई गोल्डेन बुटः विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता बन्दै रचे नयाँ इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण