काम गरेर मात्र जनताको विश्वास जित्न सकिन्छ : उपाध्यक्ष ज्ञवाली
शनिबार, ०५ असोज २०८१, २० : ५६

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले कुरा गरेर मात्र जनताले नपत्याउने भन्दै नेता तथा कार्यकर्तालाई जनताको विश्वास जितेर काम गर्न आग्रह गरेका छन् ।
ललितपुर, च्यासलस्थित एमाले पार्टी कार्यालयमा आज एमाले सम्पर्क समन्वय कमिटीले विजयादशमी, तिहार र छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले काम गरेर मात्र जनताको विश्वास जित्न सकिने भनाइ राखे । उनले सेवा गरेमात्र जनताले पत्याउने बताए । देश र समाज बदल्न भाषण गरेर मात्र नहुने बताउँदै उनले व्यवहारिक कुरा गर्नुपर्ने बताए ।
उपाध्यक्ष ज्ञवालीले पार्टीका नेता तथा कार्यकताले इमान्दार र नैतिक आचारण हुनुपर्नेमा जोड दिए । “हामीभित्र पनि खराव बानी व्यवहार रहेका छन् भने त्यसलाई परिवर्तन गर्नुपर्दछ,” उनले भने, “आफूलाई बदल्न सकेमात्र देश र जनतालाई बदल्न सकिन्छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ कक्षाको प्रश्नपत्र आउट गरेको आरोपमा एक प्रिन्सिपल सहित ६ जना पक्राउ
-
वाइसिएल मोरङको अध्यक्षमा योगेन लिम्बू
-
देशको राजनीति पश्चगामी, यथास्थितिवादी र अग्रगामी ध्रुवमा विभाजित हुँदै छ : उपेन्द्र यादव
-
पक्षधरता वा झस्केलाबाट योजना जान्छन् भन्ने विषय समाप्त गरियो : मुख्यमन्त्री कँडेल
-
भारत र पाकिस्तानबिच बढ्दो तनावले सेयर बजारमा गिरावट
-
भारतको प्रश्न : ‘आतंककारीहरूको अन्त्येष्टिमा पाकिस्तानी सेना के गरिरहेको थियो ?’