प्रेस काउन्सिल आचारसंहिता पुरस्कारबाट रातोपाटी सम्मानित
काठमाडौँ । रातोपाटी डटकम प्रेस काउन्सिल आचारसंहिता पुरस्कारबाट सम्मानित भएको छ । काउन्सिलको ५५ औँ वार्षिकोत्सवको अवसरमा आइतबार राष्ट्रपति भवन शीतल निवासमा आयोजना भएको कार्यक्रममा रातोपाटी उक्त पुरस्कारबाट सम्मानित भएको हो । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उक्त पुरस्कार प्रदान गरेका थिए ।
_Ct4H9zewHz.jpg)
पत्रकारिता आचारसंहिता उल्लङ्घन नगर्ने सञ्चार माध्यमलाई यो पुरस्कार प्रदान गरिन्छ । यस्तै कार्यक्रममा यो वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कारबाट अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी र नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई) लाई संयुक्त रूपमा सम्मानित भएका छन् ।
प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट पत्रकार बद्री सिग्देल पुरस्कृत भएका छन् । काउन्सिलले वार्षिकोत्सवका अवसरमा प्रत्येक वर्ष सशक्त सञ्चारकर्मी, क्रियाशील, युवा, समावेशी, भाषागत, साहित्यिक, विधागतसहितका पुरस्कार प्रदान गर्दै आएको छ ।
_rIpzV22NDY.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण