प्रेस काउन्सिल आचारसंहिता पुरस्कारबाट रातोपाटी सम्मानित

काठमाडौँ । रातोपाटी डटकम प्रेस काउन्सिल आचारसंहिता पुरस्कारबाट सम्मानित भएको छ । काउन्सिलको ५५ औँ वार्षिकोत्सवको अवसरमा आइतबार राष्ट्रपति भवन शीतल निवासमा आयोजना भएको कार्यक्रममा रातोपाटी उक्त पुरस्कारबाट सम्मानित भएको हो । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उक्त पुरस्कार प्रदान गरेका थिए ।
पत्रकारिता आचारसंहिता उल्लङ्घन नगर्ने सञ्चार माध्यमलाई यो पुरस्कार प्रदान गरिन्छ । यस्तै कार्यक्रममा यो वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कारबाट अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी र नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई) लाई संयुक्त रूपमा सम्मानित भएका छन् ।
प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट पत्रकार बद्री सिग्देल पुरस्कृत भएका छन् । काउन्सिलले वार्षिकोत्सवका अवसरमा प्रत्येक वर्ष सशक्त सञ्चारकर्मी, क्रियाशील, युवा, समावेशी, भाषागत, साहित्यिक, विधागतसहितका पुरस्कार प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदर्शनीमार्गमा राजनीतिक लगायतका प्रदर्शन रोक्न माग गर्दै सर्वोच्चमा रिट
-
छाडा चौपायाको गोबर र गहुँतले सडक चाँडै भत्किरहेको छ : सांसद बलायर
-
गगन थापालाई प्रश्न : दुई दलीय संयन्त्रमा बसेर सरकारको आलोचना किन ?
-
पहलगाम हमलाको असर : पर्सास्थित नेपाल–भारत सिमानामा व्यापक कडाइ
-
टाइटनको ब्रान्ड एम्बेसडर बनिन् मिस नेपाल केसी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?