मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनविरुद्धको रिट खारेज
कर्णाली । उच्च अदालत सुर्खेतद्वारा मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनविरुद्ध अदालतमा दायर गरिएको रिट खारेज भएको छ ।
मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ साइन्स एन्ड टेक्नोलोजी संकाय बिएस्सी बायोलोजी समूह पाँचौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थी कृष्णप्रसाद अधिकारी, भरत बुढाक्षेत्री, सन्तोष चौधरी र रञ्जित विकले मतदाता नामावलीमा नाम छुटाएको भन्दै गत भदौ २७ गते विश्वविद्यालयको कार्यकारी परिषद्लाई विपक्षी बनाई उच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमा निर्वाचनका सबै प्रक्रिया रद्द गर्न अन्तरिम आदेशको माग गरिएको थियो ।
दायर भएको रिटउपर सुनवाइ गर्दै उच्च अदालतले आजका लागि दुवै पक्षलाई छलफलमा सहभागी हुन आदेश दिएको थियो । आइतबार भएको छलफलपछि उच्च अदालत सुर्खेतका न्यायाधीशद्वय लोहितचन्द्र शाह र माधव धितालको संयुक्त इजलासले उक्त रिट खारेज गरेको हो ।
निर्वाचन कार्यतालिकाअनुसार सार्वजनिक भएको अन्तिम नामावलीउपर तोकिएको समयभित्र दाबी विरोधको निवेदन पेस नगरेको पाइएको भन्दै उच्चले रिट खारेज गरेको हो । गत भदौ २८ गते उक्त विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने तालिका सार्वजनिक भएको थियो ।
स्ववियु निर्वाचन निर्देशिका, २०८१ बमोजिम गत असार ३० गते प्रकाशित मतदाता नामावलीमा आफ्नो नाम नसमेटिएको भन्दै त्यहाँ अध्ययनरत मतदाता विद्यार्थीले चुनावको अघिल्लो दिन भदौ २७ उच्च अदालत सुर्खेतमा रिट परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण