जनताको आवश्यकतालाई पूरा गर्न सरकार सधैँ प्रयासरत छ : सिँचाइमन्त्री खड्का
उदयपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले त्रियुगा नदीको बाढीले पुर्याएको कटान क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।
मन्त्री खड्काले आइतबार उदयपुरस्थित त्रियुगा, बरुवा, कोसी नदीलगायतमा आएको बाढीले पुर्याएको कटान क्षेत्रको स्थलगत निरीक्षण गरेका हुन् ।
निरीक्षणका क्रममा मन्त्री खड्काले सीमित स्रोत र साधनका बीच जनताको आवश्यकतालाई पूरा गर्न सरकार प्रयत्नरत रहेको बताए । उनले दुई ठूला राजनीतिक दल मिलेर वर्तमान सरकार निर्माण भएकाले सरकारले जनताको आकाङ्क्षालाई क्रमागत ढङ्गले सम्बोधन गर्ने स्पष्ट पारे । मन्त्री खड्काले वर्तमान सरकार जनताप्रति उत्तरदायी रहेको बताए ।
उनले स्थानीय तहमा देखिएका समस्या समाधानमा स्थानीय सरकारसँग सहकार्य गरेर केन्द्र सरकारले काम गर्ने उल्लेख गरे । कार्यक्रममा पूर्वमन्त्री एवं उदयपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा नारायण खड्काले त्रियुगा नदीले उदयपुरमा बर्सेनि ठूलो समस्या उत्पन्न गराउँदै आएकाले उक्त समस्या समाधानमा सरकारले ध्यान दिनुपर्ने बताए ।
निरीक्षणमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरीता दवाडी, मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारी, जलस्रोत तथा सिँचाइ विभागका उपमहानिर्देशक दिनेश भट्ट, बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीलगायत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण