रास्वपाको प्रदर्शनपछि सहकारी पीडित पनि सडकमा, रविलाई पक्राउ गर्न माग
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको पक्षमा रास्वपाका नेता कार्यकर्ताले प्रदर्शन गर्न थालेपछि पोखरामा सूर्यदर्शन सहकारीका पीडितहरूले पनि सडक प्रदर्शन गरेका छन् । रास्वपाले जिल्ला प्रशासन कार्यालय अगाडि शहिदचोकमा प्रदर्शन गरिरहेका छन् । सोही ठाउँमा सहकारी पीडितहरू पनि नाराबाजीसहित उपस्थित छन् ।
पीडितहरूले आफ्नो पीडामा सहयोग गर्नुको सट्टा पीडित विरोधी प्रदर्शन गरेको आरोप लगाएका छन् । ‘कुनै रवि वा अमुक व्यक्तिको कुरा भएन । यो त पार्टीको जस्तो भयो,’ सङ्घर्ष समितिका संयोजक किरण श्रेष्ठले भने, ‘हामीले न्याय मागेको हो । उहाँहरू न्यायको विरुद्ध प्रदर्शनमा उत्रिनुभयो । हामी पनि बचाउका लागि सडकमा झर्न बाध्य भयौँ ।’
उनीहरुले रवि लामिछानेलाई पक्राउ गर्नुपर्ने माग राखेका छन् । रविले गोर्खा मिडियामार्फत सहकारीको रकम अपचलन गरेको आरोप पीडितहरूको छ । पीडितहरूले प्रशासन कार्यालयको गेट अगाडी प्रदर्शन गरेका हुन् ।
पीडितले रवि पक्राउको माग गर्दा रविका समर्थकहरूले चाहिँ कुनै हालतमा पक्राउ गर्न नहुने चेतावनी दिएका छन् । रास्वपा गण्डकीका सभापति राजन गौतम चाहिँ आफूहरू पीडितकै पक्षमा भएको बताउँछन् । कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने, ‘हामी फासिस्ट सरकारका विरुद्ध मैदान ओर्लिएका डौँ । सहकारी पीडितलाई दुःख दिन आएका होइनौँ । उहाँहरूको न्यायका लागि नै जुटेका हौँ ।’
पीडितहरूले सहिद चोकमा न्याय माग्दै प्रदर्शन गरिरहेका छन् । उनीहरुले यसअघि रवि लामिछाने पोखरा आएको कार्यक्रममा समेत प्रदर्शन गरेका थिए भने कालो झन्डा देखाएर विरोध जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण