छविको बयान मंगलबारदेखि, भने– भागेर जाने भएको भए पहिले नै जान सक्थेँ
पोखरा । काठमाडौँको शंखमुलबाट पक्राउ परेर पोखरा ल्याइएका पूर्वडीआईजी छविलाल जोशीको सहकारी ठगी मुद्दामा मंगलबारदेखि मात्रै बयान सुरु हुने भएको छ । सरकारी वकिलको कार्यालय कास्कीले उनीसँग मंगलबारदेखि बयान लिने भएको हो ।
जोशीले सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको आरोप छ । सरकारी वकिल समक्ष प्रहरीले बयान लिने व्यवस्था छ ।
‘अर्को म्याद थप लिने बेलासम्म बयान लिएर जानुपर्छ । प्रहरी र सरकारी वकिलको फुर्सदमा बयान लिइन्छ,’ कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता विपिनराज तिवारीले भने, ‘पक्राउ पुर्जी जारी गर्दा लागेको आरोपकै आधारमा बयान चलाउने हो । मुद्दा हेर्दै जाँदा अरू विषय पनि आकर्षित हुन सक्छ ।’
अनुसन्धानको आवश्यकता अनुसार म्याद थप हुने उनले बताए । जोशीले सोमबार जिल्ला अदालतमा हाजिर गर्दा बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने माग राखेका थिए । ‘मलाई जरुरी पक्राउ पुर्जी जारी गरेर ल्यायो । त्यो जरुरी थिएन । भागेर जाने भएको भए पहिलै जान सक्थेँ,’ उनले भनेका छन्, ‘म बाहिरै रहेर पनि अनुसन्धानलाई असर पर्दैन । मेरो पासपोर्ट अदालतले राखे हुन्छ । नभए तारेखमा रहेर मुद्दा लड्न पाउँ ।’
प्रतिनिधि सभामा गठन भएको संसदीय छानबिन समितिको प्रतिवेदन सरकार मातहत आएपछि मुद्दा चलाउनुपर्ने मान्छेलाई सरकारले नियन्त्रणमा लिएको हो । जोशीले आफू व्यक्तिगत रूपमा दोषी नभएको दाबी गरेका छन् । ‘व्यक्तिगत रूपमा दोषी छैन, सूर्य दर्शनको विवाद हुनुभन्दा पहिले नै म त्यहाँबाट बाहिरिएको छु,’ अदालतमा उनले भनेका थिए, ‘मैले पैसा चलाएको पनि छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण