संसदीय सुनुवाइ समितिको बैठक सर्यो

काठमाडौँ । मंगलबार बिहान नौ बजेका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठकको समय सरेको छ । श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नामबारे निर्णय गर्न बोलाइएको बिहानको बैठक दिउँसो ३ बजे बस्नेगरी सरेको समिति सदस्य प्रकाश अधिकारीले जानकारी दिए ।
सोमबारको बैठक पनि सांसदहरू अनुपस्थित नहुँदा स्थगित भएको थियो । समितिले १६ जना प्रस्तावित राजदूतको नाम अनुमोदन गरिसकेको छ । भट्टराईको नाम सिफारिस भएको आजै ४५ दिन पुग्दै छ ।
यस्तो अवस्था समितिले आज निर्णय गर्नुपर्ने बाध्यता छ । भट्टराईको स्नातक तहको प्रमाणपत्र उपलब्ध नभएको भन्दै उनको नाम अनुमोदन हुन सकेको थिएन । यसअघि भट्टराईले आफूलाई असोज ११ गतेसम्मको समय दिन माग गरेका थिए ।
तर समितिले असोज ८ गते ४५ दिन पुग्ने भन्दै मागेको समय दिन नसक्ने बताएको थियो । यस्तो अवस्थामा भट्टराईका सामु कि आजै प्रमाणपत्र पेश गर्नुपर्ने कि नाम फिर्ता लिनुपर्ने विकल्प रहेको समिति सदस्यहरू बताउँछन् । सिफारिस नाम अनुमोदन गर्न वा नगर्न समितिमा रहेका दुई तिहाइ बहुमत सांसदहरूको उपस्थिति अनिवार्य हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालद्वारा दर्ज्यानी चिह्न प्रदान
-
एमालेले संसद् खुलाउन चाहेको छैन : सांसद रेखा शर्मा
-
राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण
-
खानेपानी मन्त्रालयको बजेटमा हर्क साम्पाङको माग पनि सम्बोधन, कहाँ कति पर्यो आयोजना ?
-
प्रचण्ड भोलि मात्रै काठमाडौँ फर्किने
-
पुँजीगत खर्चमा सुस्तता कायमै, असारमा मात्रै ८ अर्ब खर्चको अनुमान