संसदीय सुनुवाइ समितिको बैठक सर्यो
काठमाडौँ । मंगलबार बिहान नौ बजेका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठकको समय सरेको छ । श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नामबारे निर्णय गर्न बोलाइएको बिहानको बैठक दिउँसो ३ बजे बस्नेगरी सरेको समिति सदस्य प्रकाश अधिकारीले जानकारी दिए ।
सोमबारको बैठक पनि सांसदहरू अनुपस्थित नहुँदा स्थगित भएको थियो । समितिले १६ जना प्रस्तावित राजदूतको नाम अनुमोदन गरिसकेको छ । भट्टराईको नाम सिफारिस भएको आजै ४५ दिन पुग्दै छ ।
यस्तो अवस्था समितिले आज निर्णय गर्नुपर्ने बाध्यता छ । भट्टराईको स्नातक तहको प्रमाणपत्र उपलब्ध नभएको भन्दै उनको नाम अनुमोदन हुन सकेको थिएन । यसअघि भट्टराईले आफूलाई असोज ११ गतेसम्मको समय दिन माग गरेका थिए ।
तर समितिले असोज ८ गते ४५ दिन पुग्ने भन्दै मागेको समय दिन नसक्ने बताएको थियो । यस्तो अवस्थामा भट्टराईका सामु कि आजै प्रमाणपत्र पेश गर्नुपर्ने कि नाम फिर्ता लिनुपर्ने विकल्प रहेको समिति सदस्यहरू बताउँछन् । सिफारिस नाम अनुमोदन गर्न वा नगर्न समितिमा रहेका दुई तिहाइ बहुमत सांसदहरूको उपस्थिति अनिवार्य हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण