जसपा नेपालद्वारा पार्टीविरुद्ध सामाजिक सञ्जालमा लेख्न र बोल्न रोक
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालले सामाजिक सञ्जालका साथै सञ्चारमाध्यममा पार्टीविरुद्ध लेख्न तथा बोल्न रोक लगाएको छ ।
पार्टीका कार्यकारिणी समितिको बैठकपछि महासचिव लालबाबु राउतले जारी गरेको परिपत्रमा पार्टी वा पार्टीसँग आबद्ध सङ्गठनका पदाधिकारी एवं सदस्यहरूले पार्टी हितलाई आघात पुग्ने गरी फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जाल वा सार्वजनिक सञ्चारमाध्यमका लेख्न र बोल्न रोक लगाइएको उल्लेख छ ।
परिपत्रमा भनिएको छ, ‘पार्टी वा पार्टीसँग आबद्ध सङ्गठनका पदाधिकारी एवं सदस्यहरूद्वारा पार्टी हितलाई आघात पुग्नेगरी वा पार्टी अनुशासन एवं आचारसंहिता विपरीत फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जाल वा सार्वजनिक सञ्चार माध्यममा लेख्ने, बोल्ने वा पार्टीहीत विपरीत कार्य गर्नेलाई मातहतका पार्टी समितिले पार्टी विधान बमोजिम कारबाही गर्ने निर्णय गरियो ।’
यसअघि समेत अध्यक्ष उपेन्द्र यादवले सामाजिक सञ्जाल प्रयोगमा कडाइ गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण