लुम्बिनी विकास कोषका पदाधिकारी र निर्माण व्यवसायीबिच तनाव
बुटवल । लुम्बिनी विकास काेषका पदाधिकारी र निर्माण व्यवसायीबिच मंगलबार विवाद भएको छ । तीन दिनदेखि काम गरेको रकम माग गर्दै काेषविरुद्ध आन्दोलनमा रहेको निर्माण व्यवसायीहरू र पदाधिकारीबिच तनावको अवस्था भएको हो ।
राष्ट्रिय सभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मंगलबार लुम्बिनीस्थित एक हाेटलमा कार्यक्रम भइरहेको बेला टेकदारहरूको एक हुल होहल्ला गर्दै आक्रमणमा उत्रेको विकास काेषका पदाधिकारीहरूले दाबी गरे ।
काेषका काेषाध्यक्ष ढुण्डिराज भट्टराई र सदस्य सचिव सानुराज शाक्यमाथि हातपात समेत भएको लुम्बिनी विकास काेषका प्रेस सल्लाहकार विनाेद परिवारले बताए ।
गुरुयोजनाको कामकाे भुक्तानी नपाएको भन्दै आन्दाेलनरत निर्माण व्यवसायीहरूका माग सम्बोधन गर्न लागिरहेको बेला हुलहुज्जत सहित अपमानजनक रूपमा आक्रमण गरिएको उनको भनाइ छ ।
यता निर्माण व्यवसायीहरुले भने सामान्य विवाद भएको जिकिर गरेका छन् । निर्माण व्यवसायी सन्ताेष अधिकारले आज विरोधमा कार्यक्रममा लुम्बिनी बचाउ महाअभियान , हाेटल व्यवसायी संघ लगायतमा आवद्धहरु रहेको बताए । उनले आफूहरूलाई प्रहरीले कार्यक्रम स्थलमा प्रदेश गर्न नदिएपछि अहिले लुम्बिनी विकास धर्नामा सुरु गरेकाे बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता 'लास र दास' होइनन्, काँग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण