पारस खड्का बने डिपलको ब्राण्ड एम्बेस्डर
काठमाडौँ । ईभी ब्राण्ड डिपलको ब्राण्ड एम्बेस्डरमा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का नियुक्त भएका छन् । मंगलबार डिपलको आधिकारिक विक्रेता एमएडब्लु ग्रुपले उनलाई ब्राण्ड एम्बेस्डरमा नियुक्ति गरेको हो ।
कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक विवेक सिकारियाले खड्कालाई सम्झौतापत्र हस्तान्तरण गर्नुको साथै डिपल एस ०७ को कि ह्याण्डओभर समेत गरेको छ । सोही क्रममा उनले नेपाली क्रिकेटको इतिहाससँग जोडिएको लक्की नम्बर ७ सँगै आफू डिपल एस ०७ सँग पनि जोडिन पाउँदा निकै खुसी लागेको भन्दै डिपलले छोटो समयमा नै नेपाली बजारमा उत्कृष्टता परिचय बनाउन सफल भएको बताए ।
उनले भने, ‘मैले हस्ताक्षर गरेको पत्र एस ०७ हो । ७ भन्ने शब्द मेरो लागि व्यक्तिगत रूपमा पनि मेरो मनमा छ किनभने मैले ७७ नम्बर नेपालको लागि क्रिकेट खेल्दा लगाएको नम्बर हो । यसको साथै म सातौँ क्याप्टेन पनि हो । यो ७ भन्ने शब्द मेरो जीवनमा धेरै तरिकाले जुरेको पनि छ । डिपलको यो समारोहमा एस ०७ गाडी र पूरै परिवारसँग नै जोडिन पाउँदा खुसी लागेको छ ।’

यो कार बाहिरबाट हेर्दा जति राम्रो देखिन्छ भित्रबाट पनि उत्तिकै राम्रो भएको पनि उनको भनाई छ ।
यसको साथै, उनले पछिल्लो समय नेपाली क्रिकेटलाई सबैले चिन्न सफल भएको भन्दै खुसी पनि व्यक्त गरेका छन् ।
चिनियाँ अटोमोबाइल उत्पादक कम्पनी चांगानको उत्पादन डिपल गत चैतमा मात्र नेपाल भित्रिएको हो । उत्कृष्ट पावर पिकअपसँगै आकर्षक लुक्स, लग्जरियस् फिचर्स र रेञ्जका कारण डिपल छोटो समयमा नै लोकप्रिय बन्न सफल भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण