लेबनान र इजरायल सीमाबाट लाखौँ विस्थापित
बेरुत । इजरायल र हिजबुल्लाहबिच जारी द्वन्द्वका कारण इजरायल-लेबनान सीमामा लाखौं मानिस प्रभावित भएका छन् । जसका कारण मानिसहरू सुरक्षित स्थानतर्फ सरिरहेका छन्।
लेबनानका स्वास्थ्यमन्त्री फिरास अबियादले सोमबार इजरायलको पछिल्लो आक्रमणका कारण हजारौं मानिस विस्थापित भएको बताएका छन्। इजरायल-लेबनान सीमामा मानिसहरू सुरक्षित स्थानमा सर्नु परेको यो पहिलो पटक होइन।
संयुक्त राष्ट्रसंघका अनुसार गत अक्टोबर ७ बाट सुरु भएको इजरायल–हमास द्वन्द्वका कारण हालसम्म इजरायल र लेबनानको सीमा क्षेत्रमा बसोबास गर्ने करिब दुई लाख मानिस विस्थापित भएका छन् ।
यस महिनाको सुरुमा जारी गरिएको तथ्याङ्क अनुसार, यसमा दक्षिणी लेबनानबाट विस्थापित भएका १ लाख १३ हजारभन्दा बढी व्यक्तिहरू समावेश छन्।
यसै क्रममा उत्तरी इजरायलबाट करिब ६० हजार मानिस विस्थापित भएका छन् । गत हप्ता इजरायलले आफ्नो युद्ध लक्ष्यमा यी ६० हजार विस्थापितलाई सुरक्षित रूपमा फिर्ता ल्याउने लक्ष्य समावेश गरेको थियो । इजरायलका रक्षामन्त्रीले यसो गर्ने एक मात्र उपाय "सैन्य कारबाही" भएको बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण