लिग कपको अन्तिम–१६ मा सिटी
बुधबार, ०९ असोज २०८१, ०८ : ५२
इतिहाद । वार्टफोर्डलाई हराउँदै म्यानचेस्टर सिटी काराबाओ कपको अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा सिटी २–१ गोलले विजयी बनेको हो ।
जेरेमी डोकुले खेलको सुरुवातमा नै सिटीलाई अग्रता दिलाएका थिए । ३८ औँ मिनेटमा म्याथेयस नुनेसले टोलीको अग्रता दोब्बर बनाए । खेलको अन्त्यतिर टम इन्सले एक गोल फर्काए पनि उक्त गोल सान्त्वना मात्र बन्न पुग्यो ।
यता, सिटीका म्यानेजर पेप ग्वार्डिओलाले भने लिगमा आफ्नो शक्ति धेरै खर्च नगर्ने स्पष्ट पारेका छन् । यसका बाबजुद उनी यस प्रतियोगिताको सबैभन्दा सफल म्यानेजरमध्ये एक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण