भरुवा बन्दुकसहित पक्राउ
बुधबार, ०९ असोज २०८१, १३ : २५
काठमाडौँ । सुर्खेतको चौकुने गाउँपालिका-६ काफल गैरा बस्ने ६३ वर्षीय मान बहादुर बुढालाई १ थान भरुवा बन्दुक सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
मानबहादुरको घरमा भरुवा बन्दुक रहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गुटुबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।
यता भोजपुरको आमचोक गाउँपालिका-९ मालबासेस्थित बनमाराघारी जंगलबाट १ थान भरुवा बन्दुक मंगलबार साँझ प्रहरीले बरामद गरेको छ ।
अस्थायी प्रहरी चौकी दुम्माबाट खटिएको प्रहरीले उक्त जङ्गलमा लुकाई छिपाई राखेको उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण