योजना छनोट र कार्यान्वयनलाई पारदर्शी बनाऔँ : मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना छनोट र कार्यान्वयनको प्रक्रियालाई पारदर्शी बनाउन जरुरी रहेको बताएका छन् । जिल्ला समन्वय समिति अर्घाखाँचीको सन्धि खर्कमा आज आयोजना गरिएको वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सो कुरा बताएका हुन् ।
उनले सरकारले तीन तहका सरकारले गर्ने हरेक काम पारदर्शी र जनताले सहजै थाहा पाउने गरी गर्नुपर्ने बताएका छन् । चालू आर्थिक वर्षमा विनियोजन भएका बजेटको पूर्ण कार्यान्वयन गर्दे लुम्बिनी पूरक र रुपान्तरण नगरी त्यही बजेटलाई कार्यान्वयन गर्ने प्रस्टाए । उनले योजना कार्यान्वयन हुँदा गरिने बदमासी र चुहावटलाई रोक्न पाँच लाख भन्दा माथिका सबै योजनालाई प्रतिस्पर्धाको माध्यमबाट गर्ने अगाडि बढाउने बताए।
समीक्षा कार्यक्रममा प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरे, पूर्वमन्त्री सुशीला श्रीपाली, जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनाराण कोइराला लगायतले आ आफ्नो मन्तव्य राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण