अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको तयारी पुरा, यस्तो छ कार्यतालिका
काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलनको उद्घाटन असोज १० गते दिउँसो १ बजे हुने भएको छ । त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने उपाध्यक्ष एवं कार्यालय प्रमुख केशव रावले जानकारी दिए ।
रावलका अनुसार असोज ११ गते बिहान ८ बजेदेखि बन्दसत्र सुरु हुनेछ विधान तथा प्रतिवेदन पेस हुनेछ । असोज ११ गते विधान तथा प्रतिवेदनमाथि ग्रुप विभाजन गरी छलफलका लागि खुल्ला हुनेछ ।
असोज १२ गते बिहान ८ बजेदेखि विधान प्रतिवेदन उपर ग्रुपहरूको छलफलको निष्कर्ष तथा रिपोर्टिङ हुनेछ । असोज १२ गते प्रतिनिधिहरूको नामावली निर्वाचन समितिले सार्वजनिक गर्नेछ।
यस्तै असोज १३ गते बिहान ८ बजेदेखि निर्वाचनको कार्यक्रम सुरु हुनेछ र असोज १४ गते बिहान ८ बजेदेखि मतदान सुरु हुने रावलले जानकारी दिए ।
सम्मेलनका लागि सम्पूर्ण तयारी पुरा भएको उनले बताए । देशभरबाट प्रतिनिधि कोही आइसकेको र कोही आउनेक्रम जारी रहेको रावलले जानकारी दिए ।
सम्मेलनमा भाग लिन देशभरबाट दुई हजार ३२३ जना प्रतिनिधि सहभागी हुनेछन् । अध्यक्षका लागि रावलसहित मदन भुल, नरेश रेग्मी, जिपी मैनाली, दिपेश पुन, पवन कार्की, नरायण खनाल लगायत नेताहरु आकांक्षी देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण