रेल्वे सेवा विकासका लागि सरकार व्यवस्थित रुपमा अघि बढेको छ : मन्त्री दाहाल

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रेल्वे सेवा विकासका लागि सरकार व्यवस्थित रुपमा अघि बढेको बताएका छन् । बिहीवार जनकपुर—जयनगर रेल्वे सेवाको निरीक्षणका क्रममा उनले सो कुरा बताएका हुन् ।
उनले रेल्वे सेवालाई व्यवस्थित गर्नका लागि रेल्वे स्टेशनहरुको स्थलगत निरीक्षणका लागि आएको बताए । बर्दिवाससम्मको सञ्जाललाई तुरुन्तै निर्माण गर्ने र बर्दिवासदेखि निजगढसम्मको रेल्वे सञ्जाललाई बिस्तार गरी फास्टट्रयाकसँग काठमाडौँलाई जोड्ने गरी तयारी गरिरहेको बताए ।
उनले सरकारले रेल्वे वासिङ सेन्टरको निर्माण गरिरहेको भन्दै वासिङ सेन्टरको निर्माणसँगै रेल्वे सञ्चालन घाटामा कमी आउने विश्वास व्यक्त गरे । उनले भारतसँग केही सम्झौता गरेर मालवाहक रेल छिटै सञ्चालनमा ल्याउने पनि बताए । भारतसँग रेल्वे सञ्जाल जोड्ने कुराले व्यापारलाई पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘रेल्वे सञ्जालको विकासका लागि हामी व्यवस्थित ढंगले अघि बढ्ने सोचेका छौँ । त्यस सन्दर्भमा हामी विभिन्न सडकहरुको आयोजनाहरुको स्थलगत निरीक्षण गर्नुका साथै रेल्वे स्टेशनहरुको अवस्थाको बारेमा जानकारी लिनका लागि र रेल चढेर नै इन्जोय गर्ने । जनकपुरबाट जयनगरसम्म जाने भनेर यहाँ रेल पनि चढ्ने भनेर आएका छौँ । बर्दिवाससम्मको सञ्जाललाई तुरुन्तै निर्माण गर्ने र त्यहाँदेखि निजगढसम्मको रेल्वे सञ्जाललाई बिस्तार गर्ने र फास्टट्रयाकसँग काठमाडौंलाई जोड्ने गरी तयारी गरिरहेका छौँ । कसरी रेल्वे सञ्चालन गर्ने भन्नेबारेमा टनकपुरदेखि जयनगरसम्मको जुन सञ्चालन भइरहेको छ । यसलाई हामीले शुरुवात गरेका छौँ । यसलाई बिस्तारै बिस्तारै वासिङ सेन्टर बनाउँदै छौँ । त्यो बनाइसकेपछि हाम्रो केही घाटा आधा कम हुन्छ । क्रमशः हामी घाटा कम गर्ने, अरु पनि उपाय अपनाउने, मालवाहक ट्रेनको पनि योजना छ ।’
उनले थप भने, ‘मालवाहक ट्रेन कहिलेदेखि चल्ने भन्ने छ । यो सञ्चालनका लागि भारतसँग पनि केही सम्झौता गर्नुपर्ने छ । भारतसँग पनि हामीले सहयोग लिनुपर्ने भएको छ । भारत र नेपालबीचको सामानहरुको आदानप्रदानको कुरा भएको हुँदा भारतसँग पनि हामी केही विषयमा छलफल गर्छौं । त्यसपछि छिटै नै हामी मालवाहक रेल सञ्चालनको तयारीमा लागिरहेका छौँ । भारतसँग रेल्वे सञ्जाल जोड्ने कुराले हाम्रो व्यापारलाई पनि सहयोग गर्नेछ । सांस्कृतिक सम्बन्ध पनि छ । जनकपुरदेखि अयोध्यासम्मको यात्रा छ । पुरानो सांस्कृतिक सम्बन्ध रहेकाले उहाँहरुको प्रश्तावलाई सकारात्मक ढंगले लिएका छौँ । नेपालको ट्रेन पनि अयोध्यासम्म जाने र उहाँहरुको ट्रेन पनि जनकपुरसम्म आउनुपर्छ भन्ने सोच हाम्रो छ । त्यो ढंगले दाहोरो प्रक्रियामा ट्रेन सञ्चालन गर्ने हाम्रो प्रश्ताव रहेको छ ।’
नेपालको ट्रेन पनि अयोध्यासम्म जाने र भारतको ट्रेन पनि जनकपुरसम्म ल्याउन दिने सोच नेपालको रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर ठप्प
-
उखुमा अनुदान कटौतीले मारमा किसान, चिनी उद्योग के होला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
-
विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल
-
प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो
-
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन