न्यायाधीश नियुक्तिको विरोध
न्याय परिषद्को बैठक चलिरहँदा बारले दियो बाहिर धर्ना
शुक्रबार, ११ असोज २०८१, १२ : ३२
काठमाडौँ । न्याय परिषद्ले न्यायाधीश नियुक्तिका लागि बैठक बोलाएर छलफल थालेपछि नेपाल बार एसोसिएसनले परिषद् परिसरमा पुगेर धर्ना सुरु गरेको छ। बिहान १० बजेदेखि सुरु भएको परिषद्को बैठकमा न्यायाधीशको नाममा छलफल थालेपछि बारले विरोध स्वरूप परिषद् घेराउ गर्दै धर्ना दिएको हो ।

बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले गैर संवैधानिक रूपमा बलजफती न्यायाधीश नियुक्तिको कोसिस भएपछि आफूहरू धर्नामा उभिएको बताए । अवकाशमा जान लागेका प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले परिषद्को बैठक बोलाएर नाममै छलफल थालेपछि बारले नाराबाजीसहित धर्ना सुरु गरेको हो । परिषद्ले सर्वोच्च अदालतमा ६ र उच्च अदालतमा १६ न्यायाधीश नियुक्तिको तयारी गरिरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण