प्रतिकुल मौसम
खोकनामा बागमतीले ‘खतरा’को तह पार गर्यो : ४४ वटा नदीमा अत्यधिक बाढी
शुक्रबार, ११ असोज २०८१, १७ : १५

काठमाडौँ । लगातारको वर्षाका कारण बागमती नदीले खोकना क्षेत्रमा खतराको तह पार गरेको छ । शुक्रबार साँझ ५ बजेसम्म पानीको तह ४ दशमलव ८९ मिटर बढेर खतराको तह पार गरेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।
देशभर सक्रिय मनसुनका कारण बागमतीका साथै कोइली नदी बन्गाई, पर्सा खोला महेशपुर, सिन्धुपाल्चोक मेलम्चीको नाकोटे, पूर्व पश्चिम राजमार्गमा रहेको नाकोटे खोलामा बाढी खतराको तहमा पुगेको बाढी पूर्वानुमान शाखाका हाइड्रो इन्जिनियर प्रशान्त न्यौपानेले रातोपाटीलाई जानकारी दिए ।
ती नदी तथा खोला आसपास बस्ने स्थानीय बासिन्दालाई सतर्क रहन विभागले आग्रह गरेको छ । साथै देशभरका ४४ वटा खोला तथा नदीमा बाढीको मात्रा अत्यधिक बढिरहेको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर
-
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ
-
भारतीय आक्रमणपछि पाकिस्तानी प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्ने
-
मुख्यमन्त्री आचार्य र स्विस राजदूतबिच शिष्टाचार भेटवार्ता
-
दुई लाख घुस सहित कम्युटर अपरेटर राम लखन अख्तियारको नियन्त्रणमा
-
१० बजे, १० समाचार : छिमेकमै युद्धको खतरादेखि कामदार पठाउन सिन्डिकेटको प्रयाससम्म