प्रतिकुल मौसम
खोकनामा बागमतीले ‘खतरा’को तह पार गर्यो : ४४ वटा नदीमा अत्यधिक बाढी
शुक्रबार, ११ असोज २०८१, १७ : १५
काठमाडौँ । लगातारको वर्षाका कारण बागमती नदीले खोकना क्षेत्रमा खतराको तह पार गरेको छ । शुक्रबार साँझ ५ बजेसम्म पानीको तह ४ दशमलव ८९ मिटर बढेर खतराको तह पार गरेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।
देशभर सक्रिय मनसुनका कारण बागमतीका साथै कोइली नदी बन्गाई, पर्सा खोला महेशपुर, सिन्धुपाल्चोक मेलम्चीको नाकोटे, पूर्व पश्चिम राजमार्गमा रहेको नाकोटे खोलामा बाढी खतराको तहमा पुगेको बाढी पूर्वानुमान शाखाका हाइड्रो इन्जिनियर प्रशान्त न्यौपानेले रातोपाटीलाई जानकारी दिए ।
ती नदी तथा खोला आसपास बस्ने स्थानीय बासिन्दालाई सतर्क रहन विभागले आग्रह गरेको छ । साथै देशभरका ४४ वटा खोला तथा नदीमा बाढीको मात्रा अत्यधिक बढिरहेको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण