अखिल क्रान्तिकारीको आजको बन्दसत्र सकियो, भोलि ८ बजेदेखि विधान र प्रतिवेदनमाथि छलफल हुने
काठमाडौँ । अनेरास्ववियु (अखिल क्रान्तिकारी)को आज (शुक्रबार)को बन्दसत्र सकिएको छ । निवर्तमान अध्यक्ष पञ्चा सिंहले प्रतिवेदन र विधान पेस गरेपछि बन्दसत्र स्थगित भएको हो ।
शनिबार (भोलि) बिहान ८ बजेदेखि सुरु हुने उपाध्यक्ष मदन भुलले जानकारी दिए । झण्डै सात घण्टा ढिलो गरी सुरु भएको बन्दसत्रमा सिंह नेतृत्वको पुरानो केन्द्रीय समिति भंग गरी वीरबहादुर थापाको नेतृत्वमा सात सदस्य अध्यक्षमण्डल गठन गरेको थियो ।
यसैगरी ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेको थियो । पूर्वमहान्यायाधिवक्ता तथा पार्टी केन्द्रीय सदस्य मुक्ति नारायण प्रधानको नेतृत्वमा १७ सदस्यीय निर्वाचन आयोग गठन गरेको थियो ।
उपाध्यक्ष भुलका अनुसार प्रतिवेदन र विधानमाथि छलफल गर्न भोलि १० वटा समूह बनाउने र आएका प्रश्नको जवाफ दिए संशोधनसहित अनुमोदन गर्नेछ । विधान पारित भएलगत्तै नेतृत्व छनोटका लागि निर्वाचन प्रक्रिया अगाडि बढ्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण