प्रतिकुल मौसम
काभ्रेको नार्केमा रोशी खोलाले करिब १० पक्की घर बगायो
शनिबार, १२ असोज २०८१, ११ : १०
काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ९ नार्केमा रोशी खोलाको बाढीले कटान गरी करिब १० घर बगाएको छ । शनिवार बिहान ९ बजे बाढीले जमिन कटान गरी बगाएको गाउँपालिका अध्यक्ष दिनेश लामाले रातोपाटीलाई जानकारी दिए । सो घटनामा मान्छे परे वा नपरेको बारे जानकारी आइनसकेको उनले बताए ।
उनले भने– ‘रोशी खोला किनारामा रहेका लगभग १०–१२ घर बाढीले बगाएको छ । बिहानको समयमा बगाएको भएर मानवीय क्षति भएको छैन होला तर पक्की घरहरु बगाएको छ । उद्धारका लागि नेपाल सेना र प्रहरी तैनाथ छ तर बाटो बिग्रिएको कारण जान सक्ने
अवस्था छैन । त्यस क्षेत्रमा फोन गर्न पनि अहिले नेटवर्क नलागेकोले घटनाको अवस्था बुझ्न सकिएको छैन । त्यो ठाउँ सुरक्षित नै भएपनि बाढीले जमिन कटान गर्दै घर ढालेर बगाएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण