प्रतिकुल मौसम
काभ्रेको नार्केमा रोशी खोलाले करिब १० पक्की घर बगायो
शनिबार, १२ असोज २०८१, ११ : १०

काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ९ नार्केमा रोशी खोलाको बाढीले कटान गरी करिब १० घर बगाएको छ । शनिवार बिहान ९ बजे बाढीले जमिन कटान गरी बगाएको गाउँपालिका अध्यक्ष दिनेश लामाले रातोपाटीलाई जानकारी दिए । सो घटनामा मान्छे परे वा नपरेको बारे जानकारी आइनसकेको उनले बताए ।
उनले भने– ‘रोशी खोला किनारामा रहेका लगभग १०–१२ घर बाढीले बगाएको छ । बिहानको समयमा बगाएको भएर मानवीय क्षति भएको छैन होला तर पक्की घरहरु बगाएको छ । उद्धारका लागि नेपाल सेना र प्रहरी तैनाथ छ तर बाटो बिग्रिएको कारण जान सक्ने
अवस्था छैन । त्यस क्षेत्रमा फोन गर्न पनि अहिले नेटवर्क नलागेकोले घटनाको अवस्था बुझ्न सकिएको छैन । त्यो ठाउँ सुरक्षित नै भएपनि बाढीले जमिन कटान गर्दै घर ढालेर बगाएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियाका गभर्नरले ट्रम्प प्रशासनमाथि मुद्दा हाले
-
वर्षा लागेपछि त्रासमा बस्छन् वाग्मती किनारका बासिन्दा
-
गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि
-
१२ बजे १२ समाचार: विद्यालय शिक्षा विधेयक अन्योलमादेखि सुनमा पाइलैपिच्छे कर
-
हामी विगतबाट सिक्छौँ, वर्तमानको सामना गर्छौँ र भविष्यबारे सोच्छौँ
-
१२ वर्षमा १० वटा सरकार : कसरी फस्यो सरकार अस्थिरताको चक्रव्यूहमा ?