प्रतिकुल मौसम
बाढी–पहिरोमा परेर १४ जनाको मृत्यु
शनिबार, १२ असोज २०८१, १२ : ४२
काठमाडौँ । अविरल वर्षासँगैको बाढी–पहिरोमा परेर १४ जनाको मृत्यु भएको छ । यस्तै ११ जना बेपत्ता भएका छन् । सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले बिहीबार दिउँसो ४ बजेदेखि शनिबार १२ बजेसम्मको अवधिमा विभिन्न जिल्लामा १४ जनाको मृत्यु भएको पुष्टि गरे । उनका अनुसार धनकुटामा २ जनाको मृत्यु र २ जना बेपत्ता भएका छन् । यसैगरी काठमाडौँमा १ जनाको मृत्यु हुँदा ४ जना बेत्तिा भएका छन् ।
यसैगरी पाँचथरमा पनि २ जनाको मृत्यु भएको छ । यसैगरी ललितपुरमा १ जना, काभ्रेमा ३ जना, धादिङमा १ जनाको मृत्यु भएको छ। यसैगरी धादिङ र भक्तपुरमा क्रमशः १ जना र ४ जना बेपत्ता भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण