प्राकृतिक विपत्ति
काभ्रेको रोशीमा ३ सय जना उद्धारको पर्खाइमा
शनिबार, १२ असोज २०८१, २१ : ३७
काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका स्थित कालढुंगा नजिकै खोलाको बिचमा फसेका ३ सय जनाको उद्धार हुन सकेको छैन । रोशीखोला र भ्याकुरेखोलको बिचमा अड्किएका उनीहरूलाई उद्धार गर्ने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर कृष्ण गिरीले रातोपाटीलाई बताए ।
अलपत्र परेकाहरूले उद्धार गर्न हेलिकप्टर आवश्यक पर्ने स्थानीयहरू बताउँछन् । कालढुंगा स्थित गाउँपालिकाले निर्माण गरेको डम्फुपार्क रोशीको बाढीले बगाएको छ । कालढुंगाका ८ घर बगेका छन् ।
रोशी तटीय क्षेत्रबाट उद्धार गरिएका करिब ३ हजार स्थानीयलाई मंगलटारमा राखिएको छ । इलाका प्रहरी कार्यालय नजिकैका ३ वटा स्कुलमा उनीहरूलाई व्यवस्थापन गरिएको इन्स्पेक्टर गिरीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण