रोकिएन नेपालको हारको शृङ्खला
काठमाडौँ । टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । नेपाल क्यानडासँग १४ रनले पराजित भएको हो ।
क्यानडाको किङ्ग सिटीमा शनिबार टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय २३ रन बनायो । एक सय २४ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर खेल्दै सवै विकेट गुमाएर एक सय नौ रन मात्र बनाउन सक्यो ।
ब्याटिङ गर्ने क्रममा नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३९ बलमा दुई चौका र दुई छक्कासहित ३७ रन बनाए । यस्तै कुशल मल्लले १२, देव खनालले ११ तथा सन्दीप लामिछानेले १० रन बनाए ।
बलिङतर्फ क्यानडाका कलिम सानाले चार विकेट लिए । यस्तै साद बिन जाफरले तीन तथा प्रविन कुमार र अखिल कुमारले एक एक विकेट लिए ।
त्यसअघि पहिला ब्याटिङ गर्दै क्यानडाका लागि साद बिन जाफरले १८ बलमा तीन चौकासहित २३ रन बनाए । यस्तै श्रेयस मोभ्भाले २२, प्रविन कुमारले १९, नवनित धालिवालले १४ तथा अखिल कुमारले १४ रन बनाए ।
बलिङतर्फ नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले तीन तीन तथा दीपेन्द्रसिंह ऐरी र रिजन ढकालले एक एक विकेट लिए । नेपालले दोस्रो खेल अब आज राति ओमानसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण