सिटी रोकिँदा लिभरपुल शीर्ष स्थानमा

लण्डन । वूल्भ्सलाई हराउँदै लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा लिभरपुल २–१ गोलअन्तरले विजयी भएको हो ।
पहिलो हाफको अतिरिक्त समयमा इब्राहिमा कोनाटेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । लिगमा उनको यो पहिलो गोल पनि थियो ।
तर, दोस्रो हाफको सुरुवातमा नै रायन एइट नोउरीले वूल्भ्सका लागि बराबरी गोल फर्काए । यसको ५ मिनेटपछि नै मोहम्मद शालाहले पेनाल्टीमार्फत लिभरपुलका लागि निर्णायक गोल गरे ।
जितसँगै लिभरपुलले म्यानचेस्टर सिटीलाई १ अङ्कले उछिन्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । ६ खेलबाट लिभरपुलको १५ अङ्क रहेको छ । दोस्रो स्थानमा रहेको सिटीको समान खेलबाट १४ अङ्क छ ।
शनिबार नै भएको खेलमा सिटी न्युक्यासल युनाइटेडसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । खेलको पहिलो हाफमा जोस्को ग्भार्डिओलले सिटीलाई अग्रता दिलाए पनि दोस्रो हाफमा एन्थोनी गोर्डनले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता