हवाई हमलामा हमासका नेता मारिए
सोमबार, १४ असोज २०८१, १४ : ००
बेरुत । इजरायलले दक्षिण लेबनानमा गरेको हवाई हमलामा परेर प्यालेष्टिनी सशस्त्र समूह हमासको नेताको मृत्यु भएको छ । हमासले बताएअनुसार लेबनानमा समूहका नेता फतेह शरिफ अबु एल–अमिन मारिएका छन् ।
दक्षिण लेबनानको अल बस शिबिरमा रहेको घरमा उनी मारिएको हमासले बताएको छ । हमास खासगरी गाजा केन्द्रित सशस्त्र समूह हो । तर लेबनानमा पनि यसको उपस्थिति राम्रै छ ।
हमास र हेजबुल्लाह दुबै इरानको सहयोगमा चल्ने समूह हुन् । इजरायली आक्रमणमा परेर मध्य बेरुतमा आफ्ना तीन नेता मारिएको पपुलर फ्रन्ट फर द लिबरेशन अफ प्यालेष्टाइन सशस्त्र समूहले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण