रुपन्देहीमा बाढीमा बेपत्ता चालक र सहचालकको शव फेला
सोमबार, १४ असोज २०८१, १४ : ०९
बुटवल । बाढीमा परि शनिवारदेखि हराइरहेका दूध बोक्ने गाडीका चालक र सहचालकको शव आज फेला परेको छ । दूध बोकेर रुपन्देहीको मर्चावरदेखि भैरहवातर्फ आउँदै गरेको भे १ च २६७६ नम्बरको जिपसँगै जिपका चालक र सहचालक बेपत्ता भएका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रंजितसिंह राठोरले जिपका चालक प्रकाश तामाङ र सहचालक उमेश लोधको शव रुपन्देहीको घाघरा खोलमा फेला परेको बताए । शनिवार बाढीमा परेको उक्त जिपलाई रुपन्देहीको विपद् व्यवस्थापन टोलीले आइतबार क्रेनको सहायताले निकालेको थियो । जिपभन्दा करिब १ सय मिटर तल चालक र सहचालकको शव फेला परेको हो ।
सम्मरीमाई गाउँपालिका–५ रोइनिहवास्थित तिवारी दूध सङ्कलन केन्द्रबाट सो गाडी दूध लिएर शनिवार बिहान ५ बजे भैरहवा आउँदै थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण