अखिल क्रान्तिकारीको सम्मेलनस्थलमा हुलदङ्गा
काठमाडौँ । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनस्थलमा हुलदङ्गा भएको छ । राजधानीको कीर्तिपुरमा जारी राष्ट्रिय सम्मेलनस्थलमा हुलदङ्गा भएको हो ।
अखिल क्रान्तिकारीमा उमेर हद तोक्ने कि नतोक्ने भन्नेमा तीव्र विवाद हुँदै आएको छ । सोही विवाद सम्मेलनस्थलमा प्रकट भएको एक प्रतिनिधिले जानकारी दिए । सम्मेलनको बन्दसत्रमा उमेर हदको पक्ष र विपक्षमा चर्को बहस भएको छ भने यस विषयमा हलले ठोस निर्णय लिन सकेको छैन ।
केही प्रतिनिधिले उमेर हद लगाउन नहुने पक्षमा रहेका व्यक्तिहरूले बाहिरको मान्छे ल्याएर हुलदङ्गा गराएको आरोप समेत लगाएका छन् । हुलदङ्गा भएपनि प्रहरीले अवस्थालाई साम्य बनाएको बताइएको छ ।
अखिल क्रान्तिकारीको सम्मेलनका क्रममा नेतृत्व चयन सहमतिमा गर्ने कि निर्वाचनमा जाने भन्नेमा समेत अन्योल छ । यही कारण निर्वाचन प्रक्रिया समेत अघि बढ्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण