इजरायलमाथि जमिनबाट आक्रमण गर्न तयार छौँ : हिजबुल्लाह
सोमबार, १४ असोज २०८१, १६ : १८

बेरुत । शुक्रबार इजरायलले गरेको आक्रमणमा परेर हसन नसरल्लाह मारिएपछि हिजबुल्लाहले छिट्टै आफ्ना नेता चयन गर्दै छ ।
समूहका उपनेता शेख नइम कासिमले हिजबुल्लाहले छिट्टै आफ्नो नेता चयन गर्ने बताए । हिजबुल्लाहका नेता शेख नइम कासिमले भने, ‘हिजबुल्लाह इजरायलमा जमिनाबाट आक्रमण गर्न तयार छ र समूहले इजरायल विरुद्धको लडाई जारी राख्नेछ ।’
समाचार एजेन्सी रोयटर्सका अनुसार उपप्रमुख कासिमले हिजबुल्लाहले आफ्नो अभियान जारी राखेको बताएका छन् । उनले भने, ‘यो युद्ध अझै लामो समयसम्म चल्न सक्नेछ ।’
आफ्नो सम्बोधनको अन्त्यमा जनतालाई संयतता अपनाउन पनि उनले आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जेन–जी पुस्तामा ह्युमन टच कम, एक्लोपन बढी छ’
-
म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा
-
राष्ट्रपति रामचन्द्र पौडेलको शुभकामना सन्देश
-
प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देश
-
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको शुभकामना सन्देश
-
नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माको शुभकामना सन्देश