इजरायलमाथि जमिनबाट आक्रमण गर्न तयार छौँ : हिजबुल्लाह
सोमबार, १४ असोज २०८१, १६ : १८
बेरुत । शुक्रबार इजरायलले गरेको आक्रमणमा परेर हसन नसरल्लाह मारिएपछि हिजबुल्लाहले छिट्टै आफ्ना नेता चयन गर्दै छ ।
समूहका उपनेता शेख नइम कासिमले हिजबुल्लाहले छिट्टै आफ्नो नेता चयन गर्ने बताए । हिजबुल्लाहका नेता शेख नइम कासिमले भने, ‘हिजबुल्लाह इजरायलमा जमिनाबाट आक्रमण गर्न तयार छ र समूहले इजरायल विरुद्धको लडाई जारी राख्नेछ ।’
समाचार एजेन्सी रोयटर्सका अनुसार उपप्रमुख कासिमले हिजबुल्लाहले आफ्नो अभियान जारी राखेको बताएका छन् । उनले भने, ‘यो युद्ध अझै लामो समयसम्म चल्न सक्नेछ ।’
आफ्नो सम्बोधनको अन्त्यमा जनतालाई संयतता अपनाउन पनि उनले आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण