इजरायली आक्रमणमा परेर सिरियाको दमस्कसमा तीन जनाको मृत्यु
मङ्गलबार, १५ असोज २०८१, १२ : १०
दमस्कस । सिरियाको राजधानी दमस्कसमा इजरायलको आक्रमणमा परेर तीन जना सर्वसाधारण मारिएका छन् । सिरियन अरब न्यूज एजेन्सी (साना)ले बताएअनुसार मंगलबार मृत्यु हुनेहरूमा यसका एक टिभी प्रस्तोता पनि छन् । सामाजिक सञ्जालमा पोष्ट भएको भिडियोमा अपार्टमेन्टहरूको बीचको एक सडकमा आगो ह्वाह्र्वाती बलेको अवस्थामा एउटा कार देखिएको थियो ।
छिमेकी देश लेबनानमा रहेका इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहलाई निशाना बनाएर इजरायलले जमिनबाट सीमित, स्थानीय र लक्षित आक्रमण शुरु गरेकै समयमा दमस्कसमा आक्रमणको खबर आएको हो ।
सोमबार इजरायलले गरेको आक्रमणमा परेर लेबनानभरमा ९५ जनाको मृत्यु भएको थियो भने अरु १७२ जना घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण