समिति बैठक
सडकमा अलपत्र यात्रुलाई तत्काल गन्तव्यमा पुर्याउन राज्यव्यवस्था समितिको निर्देशन
मङ्गलबार, १५ असोज २०८१, १४ : ०५
काठमाडौँ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले हालै गएको बाढीपहिरो र डुबानबाट प्रभावित परिवारलाई राहत र पुनर्स्थापनाको काम तदारुकताका साथ अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।
मंगलबारको समिति बैठकले गृहमन्त्री रमेश लेखकसँग छलफल गरेपछि बाढीपहिरो र डुबानका कारण मुलुकमा भएको क्षतिको विश्लेषण गर्दै यस्तो निर्देशन दिएको हो ।
‘हवाइ भाडा नबढाउन, अवरुद्ध सडक मर्मत सम्भार गरेर यातायात सञ्चालन गर्न, सडक पहुँच नपुगेका जिल्लाहरुमा हवाई यातायातको व्यवस्था गर्न, खाद्यान्न तरकारी र फलफूल आदिको मूल्य बढ्न नदिन र पीडितलाई छिटोभन्दा छिटो राहत दिन नेपाल सरकारको ध्यानाकर्षण गराउँछौँ’, बैठकपछि समिति सभापति रामहरि खतिवडाले बताए ।
त्यस्तै बैठकले विभिन्न सडकमा अलपत्र परेका यात्रुलाई गन्तव्यमा पुर्याउन पनि सरकारलाई निर्देशन दिएको छ ।
म
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण