समिति बैठकमा अधिकारीले भने– राज्य नै छैन जस्तो भयो
मङ्गलबार, १५ असोज २०८१, १३ : १०
काठमाडौँ । जसपा नेपालका सांसद प्रकाश अधिकारीले बाढी पहिरो प्रभावितको उद्धारमा सरकारको कमजोरीले राज्य नै नभएको जस्तो अनुभूति भएको बताएका छन् ।
मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका छन् ।
काठमाडौँमा बाढीबाट बच्न ४ घण्टा टिनको छानामा बस्दापनि उद्धार हुन हुन नसकेको उल्लेख गर्दै उनले गृहमन्त्रीले उद्धार गर्न भिजिलिबिटी भएन भनेर जवाफ दिएको बताए ।
‘काठमाडौँमा भिजिलिबिटी थिएन भनेर पत्यादिनुपर्ने ?उनले अगाडि भने, ‘चाडपर्वका बेला लाखौँ मान्छे काठमाडौं बाहिर जान्छन् । प्लेनले ४ गुणासम्म भाडा बढाएको छ, सरकार कहाँ छ ?चाडपर्वका बेला मनलाग्दी बजार भाउ बढाएको छ । कसले हेर्ने, कसले नियन्त्रण गर्ने ? अहिले यस्तो भएको छ कि यहाँ राज्य नै छैन जस्तो भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण