अभिमुखीकरण तालिमका लागि आईरिस प्रणाली जडान गर्ने समय सर्यो

काठमाडौँ । वैदेशिक रोजगारीमा जानुपूर्व अभिमुखीकरण तालिमका लागि आईरिस प्रणाली जडान गर्ने समय सरेको छ । वैदेशिक रोजगार विभागले मंगलबारदेखि लागू हुने भन्दै अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूलाई पत्राचार गरेको थियो । तर, अन्तिममा आएर विभागले असोज २९ गतेदेखि अनिवार्य रूपमा लागू गर्ने निर्णय गरेको हो ।
असोज ११ गते सूचना जारी गर्दै विभागले असोज १५ गतेदेखि अनिवार्य रूपमा फेसटाइम एटेन्डेन्स एण्ड आर्यरिस रिकग्निजेशन सिस्टम लागू हुने भनेको थियो ।
तर, अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूले उक्त सिस्टम जडान गर्नमा प्राविधिक समस्या आएको भनी गुनासो गरेपछि मिति सारिएको विभागले जनाएको छ ।
अब असोज १६ देखि २३ गतेसम्म बायोमेट्रिक फिङ्ग्रप्रिन्ट सिस्टमले काम गर्ने विभागले जनाएको छ । असोज २९ गतेदेखि आईरिस सिस्टम अनिवार्य रूपमा लागू हुने विभागले दाबी गरेको हो ।
यसअघि पटकपटक आईरिस जडान गर्ने प्रक्रिया स्थगित हुँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ