अभिमुखीकरण तालिमका लागि आईरिस प्रणाली जडान गर्ने समय सर्यो
काठमाडौँ । वैदेशिक रोजगारीमा जानुपूर्व अभिमुखीकरण तालिमका लागि आईरिस प्रणाली जडान गर्ने समय सरेको छ । वैदेशिक रोजगार विभागले मंगलबारदेखि लागू हुने भन्दै अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूलाई पत्राचार गरेको थियो । तर, अन्तिममा आएर विभागले असोज २९ गतेदेखि अनिवार्य रूपमा लागू गर्ने निर्णय गरेको हो ।
असोज ११ गते सूचना जारी गर्दै विभागले असोज १५ गतेदेखि अनिवार्य रूपमा फेसटाइम एटेन्डेन्स एण्ड आर्यरिस रिकग्निजेशन सिस्टम लागू हुने भनेको थियो ।
तर, अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूले उक्त सिस्टम जडान गर्नमा प्राविधिक समस्या आएको भनी गुनासो गरेपछि मिति सारिएको विभागले जनाएको छ ।
अब असोज १६ देखि २३ गतेसम्म बायोमेट्रिक फिङ्ग्रप्रिन्ट सिस्टमले काम गर्ने विभागले जनाएको छ । असोज २९ गतेदेखि आईरिस सिस्टम अनिवार्य रूपमा लागू हुने विभागले दाबी गरेको हो ।
यसअघि पटकपटक आईरिस जडान गर्ने प्रक्रिया स्थगित हुँदै आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण