धरहरा चढ्नेको सङ्ख्या एक लाख नाघ्यो, असोज २२ गतेसम्मको टिकट बुक
मङ्गलबार, १५ असोज २०८१, २० : ५२
काठमाडौँ । धरहरा चढ्नेको सङ्ख्या एक लाख नाघेको छ । सहरी विकास भवन निर्माण विभाग केन्द्रीय आयोजना कार्यान्वयन इकाईले मंगलबारसम्म धरहरा चढ्नेको सङ्ख्या एक लाख ६ हजार ४९० जना पुगेको जनाएको छ ।
सहरी विकास मन्त्रालयले गत असोज ३ गते धरहरा सञ्चालनमा ल्याएको थियो । प्रतिकूल मौसमका कारण आवतजावतमा कठिनाइ भएकाले आइतबार धरहरा प्रवेश बन्द गरिएको थियो । आइतबारको लागि टिकट बुकिङ गरेका ग्राहकलाई अर्को मितिमा धरहरा चढ्ने व्यवस्था गरिएको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले जनाएको छ ।
दैनिक ६०० बढी महिला र ४०० बढी पुरुष गरी एक हजारभन्दा बढी नागरिकले धरहरा चढ्न दिइने व्यवस्था रहेको छ। यस्तै धरहराको टिकट आगामी असोज २२ गत अर्थात् एक सातासम्मका लागि बुकिङ भइसेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण