तेल अभिभमा गोली प्रहार र चक्कु आक्रमणमा सातको मृत्यु
बुधबार, १६ असोज २०८१, ०८ : ५७

तेल अभिभ । इजरायलको तेल अभिभमा गोली प्रहार र चक्कु प्रहारको घटनामा सात जना मारिएका छन् । इजरायली प्रहरीले मृत्युको पुष्टि गरेको हो ।
अन्य कयौँ घाइते भएको र घाइतेमध्ये केहीको अवस्था गम्भीर भएको बताइएको छ । जाफा क्षेत्रमा सर्वसाधारणमाथि एक बन्दुकधारीले गोली चलाएका थिए ।
आक्रमण रेल गाडीमा सुरु भएको थियो । प्लेटफर्म सम्म पनि आक्रमण जारी रहेको एउटा विज्ञप्तिमा स्थानीय प्रहरीले भनेको छ ।
सामाजिक सञ्जालमा पोष्ट गरिएका फुटेजहरूमा सडकमा शव देखिएका थिए । बन्दुक धारी र चक्कु बोकेको अर्को मान्छेले सर्वसाधारणमाथि आक्रमण गरेको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेमा उद्धारमा खटिएका दिवंगत सशस्त्रका इन्स्पेक्टरलाई ५ लाख रुपैयाँ दिने निर्णय
-
‘बाबुरामले सकेनन्’ भनेर आलोचना गर्दै बस्नु मूर्खता : डा.भट्टराई
-
‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम सांसद साहद्वारा बहिष्कार
-
प्रचण्डको स्वास्थ्यमा समस्या भएकाले सम्पर्क हुन नसकेको जवाफ पाएँ : प्रधानमन्त्री
-
गाजामा इजरायलको ताजा हमलामा कम्तिमा ४० भन्दा धेरैको मृत्यु
-
राजस्थान रोयल्सको अप्रत्यासित निर्णय, रियान परागलाई बनायो कप्तान