तेल अभिभमा गोली प्रहार र चक्कु आक्रमणमा सातको मृत्यु
बुधबार, १६ असोज २०८१, ०८ : ५७
तेल अभिभ । इजरायलको तेल अभिभमा गोली प्रहार र चक्कु प्रहारको घटनामा सात जना मारिएका छन् । इजरायली प्रहरीले मृत्युको पुष्टि गरेको हो ।
अन्य कयौँ घाइते भएको र घाइतेमध्ये केहीको अवस्था गम्भीर भएको बताइएको छ । जाफा क्षेत्रमा सर्वसाधारणमाथि एक बन्दुकधारीले गोली चलाएका थिए ।
आक्रमण रेल गाडीमा सुरु भएको थियो । प्लेटफर्म सम्म पनि आक्रमण जारी रहेको एउटा विज्ञप्तिमा स्थानीय प्रहरीले भनेको छ ।
सामाजिक सञ्जालमा पोष्ट गरिएका फुटेजहरूमा सडकमा शव देखिएका थिए । बन्दुक धारी र चक्कु बोकेको अर्को मान्छेले सर्वसाधारणमाथि आक्रमण गरेको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण