अखिल क्रान्तिकारीमा पदाधिकारी बाहेक पनि अध्यक्षको उम्मेदवार बन्न पाउने विकल्पबारे छलफल
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीमा यसअघि पदाधिकारी नभएकाले पनि अध्यक्ष पदमा उम्मेदवारी दिन पाउने विकल्पबारे छलफल भएको छ ।
माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको विद्यार्थी सङ्गठनका इन्चार्जसहित पार्टीको पदाधिकारी बैठकमा विकल्पबारे छलफल भएको एक विद्यार्थी नेताले जानकारी दिए ।
क्रान्तिकारीको प्रस्तावित विधानमा कम्तीमा एक वर्ष पदाधिकारीमा काम गरेकामात्रै अध्यक्षको उम्मेदवार बन्न पाउने व्यवस्था रहेको छ ।
मस्यौदा विधानको दफा(ङ)को उपदफा १ मा सङ्गठनको केन्द्रीय समितिको अध्यक्षको उम्मेदवार बन्न कम्तीमा एक कार्यकाल केन्द्रीय समितिको पदाधिकारी हुनुपर्ने उल्लेख छ । यस्तै उपदफा २ केन्द्रीय समितिको अन्य पदाधिकारीको उम्मेदवार बन्न केन्द्रीय समितिमा कम्तीमा एक कार्यकाल केन्द्रीय सचिवालय सदस्य हुनुपर्ने व्यवस्था रहेको छ ।
उपदफा ३ मा केन्द्रीय सदस्यको उम्मेदवारको हकमा राष्ट्रिय सम्मेलनको प्रतिनिधि हुनुपर्ने उल्लेख छ । विवाद समाधानका लागि यो विकल्पमा सहमति हुने सम्भावना रहेको अर्का एक पदाधिकारीले जानकारी दिए ।
पार्टीका शीर्ष नेताहरूसँगको छलफलपछि विभिन्न विकल्पबारे छलफल भएको थियो । यसै विषयमा सहमति गर्नका लागि बुधवारको निर्वाचन कार्यक्रम स्थगित गरिएको छ ।
‘प्रस्तावित मस्यौदा विधानमा पदाधिकारी रहेकाले मात्र अध्यक्षको उम्मेदवार बन्न पाउने व्यवस्था छ । विकल्पमा राष्ट्रिय सम्मेलनका सबै प्रतिनिधि अध्यक्षको उम्मेदवार बन्न पाउनेबारे विधान संशोधन हुन सक्छ । यसबारे छलफल गर्न अहिले हामीले कार्यालय बैठक बोलाएका छौँ । सायद सहमति होला’, सङ्गठनका एक पदाधिकारीले रातोपाटीलाई जानकारी दिए ।
असोज १० गतेदेखि त्रिभुवन विश्वविद्यालयमा जारी क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलन उमेर हद राख्ने कि नराख्नेबारे मतभेद भएपछि निर्वाचन प्रक्रिया स्थगित हुँदै आएको छ । उमेर हद विवादका कारण प्रस्तावित मस्यौदा विधानसमेत बन्दसत्रबाट पारित हुन सकेको छैन । विधान पारित नहुँदा नयाँ कार्यसमिति चयन हुन सकेको छैन ।
यस्तै सहमति हुँदा अध्यक्ष कसलाई बनाउने भन्नेमा पनि विवाद छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण