अखिल क्रान्तिकारीको निर्वाचन दसैँ–तिहारपछि राख्न निर्वाचन समितिको पत्राचार
काठमाडौँ । अनेरास्ववियु (अखिल क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलन स्थगित गर्न निर्वाचन समितिले अध्यक्षमण्डलाई पत्राचार गरेको छ ।
निर्वाचन प्रमुख अधिकृत मुक्तिनारायण प्रधानले बिहीबारदेखि दसैँ सुरु हुने र अत्यधिक वर्षा हुन सक्ने मौसम विभागको सूचनाका कारण निर्वाचन स्थगित गर्न क्रान्तिकारीको वीरबहादुर थापा नेतृत्वको अध्यक्ष मण्डलाई सिफारिस गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार अध्यक्षमण्डले निर्वाचन समितिको पत्र पढेर सुनाएपछि आधिकारिक रूपमा सम्मेलन स्थगित गर्ने तयारी गरेको छ ।
असोज १०–१४ सम्म त्रिभुवन विश्वविद्यालयस्थित स्मृति भवनमा भएको सम्मेलन उमेरहद लगाउने कि नलगाउने विषयमा विवाद हुँदा निर्वाचन प्रक्रिया अवरुद्ध भएको थियो । बुधबार बिहानमात्रै पार्टीका शीर्ष नेता र संगठनका पदाधिकारबिच भएको छलफलले बुधबारको निर्वाचन प्रतिक्रिया स्थगित गर्ने सहमति गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण