कंगोमा डुंगा पल्टिँदा कम्तीमा ७८ जनाको मृत्यु
गोमा । पूर्वी कंगोको किभु तालमा एक यात्रुवाहक डुंगा पल्टिँदा कम्तीमा ७८ जनाको मृत्यु भएको छ ।
खोज तथा उद्धारका क्रममा ७८ जनाको शव फेला परेको अधिकारीहरूले जनाएका छन् । अधिकारीहरूका अनुसार डुंगामा २७८ जना यात्रु थिए ।
किभु प्रान्तका गभर्नर जीन ज्याकका अनुसार अझै पनि केही यात्रुहरू बेपत्ता रहेकाले मृतकको संख्या बढ्ने क्रममा रहेको छ । उनले अझैपनि कति जनाको मृत्यु भएको र कति जना बेपत्ता रहेको भनेर यकिन गर्न सकेको अवस्था नरहेको बताए ।
तालमा बेपत्ताहरूको अझैपनि खोजी कार्य भइरहेको अधिकारीहरूले जनाएका छन् । उनीहरूले यो दुर्घटनालाई अफ्रिकी क्षेत्रकै ठूलो जल दुर्घटनाका रुपमा हेरिएको छ।
'प्रत्यक्षदर्शीहरूका अनुसार डुंगा खचाखच मानिसहरूले भरिएको थियो, अचानक डुंगाले आफ्नो कन्ट्रोल गुमायो । त्यसपछि देख्दा-देख्दै मानिसहरू पानी खसे,' एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै एपीले उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण